काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कास्कीमा मिडिया अनुगमन सुरु

10.12K
shares

नेपाल पत्रकार महासंघ कास्की शाखाले कास्कीमा मिडिया अनुगमन सुरु गरेको छ । कास्कीमा रहेका पत्रकार तथा विभिन्न सञ्चार माध्यमको अबस्थाबारे जानकारी लिँदै पत्रकारको न्यूनतम पारिश्रमिको अबस्था बुझ्न र न्यूनतम पारिश्रमिक लागु गर्न दबाद दिन अनुगमन गरिएको महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।

मंगलबार कास्कीका १३ वटा सञ्चार माध्यममा पुगेर टोलीले पत्रकारको न्यूनतम पारिश्रमिको अबस्थाबारे जानकारी लिएको अध्यक्ष श्रेष्ठले बताए । अनुगमन गर्दा केहिमा राम्रो, केहिमा सन्तोसजनक र केहिमा सुधार गर्नुपर्ने अबस्था देखिएको उनले बताए ।

महासंघले नियमित अनुगमन गर्दै सरोकारवाला पक्षहरुसँग एकै ठाँउमा राखेर पनि छलफल तथा अन्तरक्रिया समेत गर्ने अध्यक्ष श्रेष्ठले जनाए । पत्रकारको न्यूनतम पारिश्रमि लागु गर्न सहजीकरण गर्न पनि महासंघ तयार रहेको उनले जनाए । अनुगमन समितिका संयोजक एंव महासंघ कास्कीका पूर्वअध्यक्ष पुण्यप्रसाद पौडेलको संयोजकत्वमा टोलीले अनुगमन गरेको हो ।