काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘विनाबर्दीको प्रहरी’ विमोचित

8.76K
shares

‘विनाबर्दीको प्रहरी’ शीर्षक ट्राफिक जनचेतनामूलक गीति एल्बम शुक्रबार विमोचन गरिएको छ ।

रेडियो नेपालबाट प्रकाशित एल्बमको शताब्दी पुरुष सत्यमोहन जोशीले विमोचन गरेका हुन् । एल्बममा पाँच गीत छन् । एल्बममा प्रकाश रायमाझी र रमेशचन्द्र अधिकारीका रचना, भूपेन्द्र रायमाझीको सङ्गीत तथा विजय मानन्धरलगायत गायकको स्वर छ ।

नेपाल प्रहरीले शुक्रबार आयोजना गरेको कार्यक्रममा जोशीले गीतसङ्गीतमा सम्पूर्ण राष्ट्रलाई एकीकृत गर्ने बलियो शक्ति हुने बताउँदै गीतमा जनताको भावना केन्द्रित हुनुपर्ने बताए ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफ्नो नेतृत्वमा रहेको प्रहरी सङ्गठन देश र नागरिकप्रति समर्पित भई इमान्दारीका साथ कार्यरत रहने प्रतिबद्धता व्यक्त गरे ।
रासस