पुनर्निर्माणको लागि सरकारसँग पैसा छैन : अर्थमन्त्री खतिवडा
वि.सं.२०७५ कात्तिक ३० शुक्रवार २२:५९
shares

अर्थमन्त्री डा. युवराज खतिवडाले भूकम्पले ध्वस्त संरचना पुनर्निर्माणको काम अगाडि बढाउन बजेटको अभाव रहेको बताएका छन् । रामेछापको मन्थली नगरपालिका ८ गाईखुरामा विश्व बैंकले निर्माण गर्न लागेको एकीकृत नमुना वस्तिको अबलोेकन गर्दै मन्त्री खतिवडाले यस्तो बताएका हुन् ।
पुनर्निर्माणमा देखिएको बजेटको व्यवस्थापन गर्ने कार्यमा सरकार जुटेको मन्त्री खतिवडाको भनाई छ । अर्थमन्त्री खतिवडाले पुननिर्माणको कार्यमा सरकारले विशेष ध्यान दिएको बताए ।
भुकम्प गएको तीन वर्षपछि राष्ट्रिय पुननिर्माण प्राधिकरणमार्फत विश्व बैंकको सहयोगमा गाईखुरामा २५ घर सहितको एकीकृत नमूना वस्ती निर्माण हुन लागेको हो ।

























