काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ए डिभिजन लिगमा दोस्रो चरणका खेल आजदेखि

13.65K
shares

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आजदेखि पुनः सुरु हुँदैछ ।

गत असोज १३ गते सुरु प्रतियोगिता बंगलादेशको बंगबन्धु गोल्डकपका कारण सुरुमा स्थगित भएको थियो । लगत्तै दसैँ, तिहार तथा छठका कारण लिग रोकिएको थियो ।
शनिबारदेखि हुने लिगको दोस्रो चरणका खेलका लागि सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

मनाङ मर्स्याङ्दी, थ्रीस्टार, नेपाल पुलिस र संकटा क्लबको मात्र स्पष्ट तीन अंक छ । आर्मी, एपीएफ, च्यासल, मच्छिन्द्र, न्यूरोड र हिमालयन शेर्पा क्लबले एक–एक अंक जोडेका छन् । जावलाखेल, सरस्वती, फ्रेण्डस् र ब्रिगेडब्वाइज भने अंकबिहीन छन् ।

आज मनाङ मर्स्याङ्दी र न्यूरो टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लब भिड्नेछन् ।