काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विवेकशील साझाको काभ्रे जिल्ला संयोजकमा श्रेष्ठ

16.23K
shares

विवेकशील साझा पार्टीले प्रदेश ३ को काभ्रे जिल्ला संयोजकमा समाजसेवी एवं युवा व्यवसायी श्रेष्ठलाई चयन गरेको छ । काभ्रेको बनेपामा पार्टीका प्रदेश ३ संयोजक समिक्षा बाँस्कोटा, केन्द्रीय सदस्य शशीविक्रम कार्की, मिलन पाण्डे, नेपाल प्रहरीका पूर्व एसएसपी लव विष्ट, साहित्यकार लक्ष्मण सापकोटालगायतको उपस्थितिमा आयोजित कार्यक्रममा श्रेष्ठको नाम सार्वजनिक गरिएको हो ।

३४ वर्षीय श्रेष्ठ अटो नेपाल म्याग्जिनका संथापक प्रबन्ध निर्देशक, लाइन्स क्लब अफ पनौतीका संस्थापक कोषाध्यक्ष, सहारा जेष्ठ नागरिक समाजका महासचिव तथा समाजसेवी हुन् । उनी हाल विभिन्न सामाजिक संघसंस्थाहरूको नेतृत्वदायी भूमिकामा छन् ।

कार्यक्रममा श्रेष्ठले आफ्नै जीवनकालमा देशको रूपान्तरणको लक्ष्य बोकेर अघि बढिरहेकाले विवेकशील साझा पार्टीमा संलग्न भएको बताए । काभ्रेलाई फिल्मी नगरीको रुपमा विकास गर्नुपर्ने तथा नेपालभर भित्रिएका पर्यटकलाई काभ्रे भित्र्याउन कोसिस गर्नुपर्ने उनको भनाइ छ ।