काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल फर्निचर तथा फर्निसिङ संघमा नयाँ नेतृत्व

16.32K
shares

नेपाल फर्निचर तथा फर्निसिङ संघको १९औं वार्षिक साधारणसभाले रुपेश प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संघको साधारण सभाले नयाँ कार्यसमितिका सबै पदाधिकारी निर्विरोध चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा शुभेन्द्र जोशी तथा उपाध्यक्षमा दिनेश अग्रवाल र मनिष अग्रवाल चयन भएका छन् । यसैगरी महासचिवमा ओम बस्नेत, कोषध्यक्षमा पूर्ण ब्रज्राचार्य, सचिवमा अर्जुन घिमिरे र सह–कोषाध्यक्षमा सुष्मा लम्साल चयन भए ।

निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवालसहित संघको १९ सदस्यीय कार्यसमितिमा अरुण कुमार चौधरी, किरण वगिडिया, केदारनाथ बस्ताकोटी, योगेन्द्र कार्की, डम्बर पराजुली, रमिता श्रेष्ठ र दिलविक्रम श्रेष्ठ सदस्यमा निर्वाचित भएका छन् । थप तीन जना सदस्यको मनोनयन हुनेछ ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठको पनि उपस्थिति थियो । साधारण सभाले संघको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा चालू आर्थिक वर्षको अनुमानित बजेटसमेत पारित गरेको छ ।