काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

देउवाले सम्पन्न गरेका आयोजना उद्घाटनमा ओली व्यस्त : रामचन्द्र पौडेल

16.82K
shares

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओली नेतृत्वको सरकार अघिल्लो सरकारले सम्पन्न गरेका आयोजना उद्घाटन गर्नमा व्यस्त रहेको टिप्पणी गरेका छन् । प्रेस युनियन पाल्पा शाखाले मंगलबार तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले भने, ‘ठूल्ठूला कुरामात्रै गरेर हुन्छ ? हाम्रै नेतृत्वमा रहेको अघिल्लो सरकारले सम्पन्न गरेका आयोजना उद्घाटन गर्नमा अहिलेको सरकार व्यस्त छ ।’

राम्रा र दिर्घकालीन महत्वका काम गर्न सरकारका लागि उचित समय भए पनि बढी दम्भका कारण काम हुन नसकेको उनको दाबी छ । ‘हावा गफ, अनावश्यक प्रचार र दुई तिहाइको दम्भ नै सरकारका लागि बाधक बनिरहेको छ,’ पौडेलले भने, ‘होइन भने काम गर्न योजस्तो अनुकुल समय कुनै पनि सरकारका लागि विरलै प्राप्त हुन्छ ।’

सरकार भ्रष्टाचार, असुरक्षा र आपराधिक क्रियाकलापविरुद्ध कडा हुन नसकेकोप्रति उनले दुख व्यक्त गरे । ‘विकास त गर्न सकेन, तर, सुशासन तथा शान्ति सुरक्षा महसुस हुने गरी काम गर्न त सक्थ्यो, खै त्यो पनि गर्न सकेन,’ उनले भने ।

संवैधानिक आयोगका पदाधिकारी नियुक्ति गर्दा संवैधानिक परिषद्बाट हुने कानूनी व्यवस्था रहे पनि विपक्षीदलको नेताको अनुपस्थितिमा भएकोमा उनले खेद प्रकट गरे ।

गुट उपगुटको अन्त्य भइसक्यो

मंगलाबार नै प्रजातान्त्रिक विचार समाज रुपन्देहीको आयोजनामा बुटवलमा आयोजित ‘लोकतान्त्रिक संस्कार विचार विषयक प्रवचन तथा ‘विचार’ नामक स्मारिक विमोचन कार्यक्रममा नेता पौडेलले भने, अब सधैंभरीको लागि नेपाली कांग्रेसमा गुट उपगुटको अन्त्य भएको छ ।’

कार्यक्रममा नेपाली काग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले अहिलेको सरकारले ठोस उपलब्धी हासिल गर्ने कुनै पनि काम गर्न नसकेको दाबी गरे । विगतका दिनमा नेपाली कांग्रेसले गरेका राम्रा कामलाई समेत यो सरकारले अगाडि बढाउन नसकेको बताए ।

नेपाली काग्रेसका युवा नेता प्रदीप पौडेलले पद्धती र विधीबाट नचलेकै कारण पार्टी कमजोर बनेको बताए ।

कार्यक्रममा कांग्रेसका युवा नेता देवराज चालिसेले कांग्रेस पार्टी सुध्रिएको दिन मुलुकको समृद्धि यात्रा सुरु हुने बताए ।