global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ फास्ट ट्र्याककाे काम द्रुत, हुलाकी सडककाे काम सुस्त

फास्ट ट्र्याककाे काम द्रुत, हुलाकी सडककाे काम सुस्त

फास्ट ट्र्याककाे काम द्रुत, हुलाकी सडककाे काम सुस्त

संसदको विकास तथा प्रविधि समितिले तराई-मधेश द्रुतमार्ग निर्माको काम सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ । समिति अन्तरगतको उपसमितिले स्थलगत अवलोकन गरेपछि निर्माणको काम सन्तोषजनक रहेको निष्कर्ष निकालेको हो ।

समितिको शुक्रबारको बैठकमा सभापति कल्याणीकुमारी खड्काले काम सन्तोषजनक रहेको प्रतिवेदन पेश गरेकी हुन् । नेपाली सेनाले बनाइ रहेको राष्ट्रिय गौरवको साे आयोजनाको काम सन्तोषजनक रहेको प्रतिवेदन उपसमितिले तयार पारेको हो । ७६ दशमलव २ किलोमिटरमध्ये ५४ किलोमिटर खण्डमा कटिङ/फिलिङको काम ७० प्रतिशत सकिएको सभापति खड्काले बताइन् ।

अहिलेको गतिमा काम गर्ने हो भने निर्धारित समयमै काम सकिने समितिको निष्कर्ष छ । सरकारले २०७४ वैशाख २१ गतेको बैठकले सेनालाई सो द्रुतमार्ग निर्माणको जिम्मेवारी दिने निर्णय गरेको थियो । चार वर्ष भित्रमा सो आयोजनाको निर्माण सक्ने लक्ष्य रहेको छ ।

त्यस्तै, समितिले हुलाकी सडक निर्माण कार्य सुस्त गतिमा भइरहेको निष्कर्ष छ । सडकभित्र बन्ने पुल ठेक्का लागेर पनि निर्माण कार्य शुरु नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रकाशित समय : २२:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु