गृहपृष्ठ पूर्वराष्ट्रपतिले डा. केसीलाई भने- अनसन तोड्नुहोस्
पूर्वराष्ट्रपतिले डा. केसीलाई भने- अनसन तोड्नुहोस्
पूर्वराष्ट्रपति डा. रामवरण यादवले आमरण अनसनरत डा. गोविन्द केसीलाई अनसन तोड्न आग्रह गरेका छन् । उनले डा. केसीको स्वास्थ्य कमजोर बन्दै गएको भन्दै सरकारसँग जीवन रक्षाका लागि पनि आग्रह गरेका छन् ।
२४ दिनदेखि अनसनरत डा. केसीलाई भेट्न शुक्रबार अपराह्न शिक्षण अस्पताल पुगेका यादवले डा. केसीले उठाएको माग जनताको भइसकेको बताए । ‘म सरकारलाई आग्रह गर्छु, सभ्य समाजमा सरकारको सबैभन्दा पहिले कर्तव्य हुन्छ नागरिकको जीउधनको रक्षा गर्ने । उहाँको धन छैन, जीवन रक्षाका लागि जति सक्दो छिटो वार्ता गरेर निकास निकाल्नुप-यो,’ उनले भने ।
प्रकाशित समय : २३:३३ बजे



















