global ime bank Long Banner Ad

गृहपृष्ठ ‘सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौँ’

‘सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौँ’

‘सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौँ’

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट जनमुखी बनाउने बताएको छ । प्रदेश सुशासन केन्द्रले भालुबाङमा आयोजना गरेको ‘कानुन, बजेट तथा योजना निर्माण र संसदीय नियन्त्रण’सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आज उद्घाटन गर्दै उनले सबैको भावना समेटेर जनमुखी र विकास केन्द्रित बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए।

मुख्यमन्त्री आचार्यले आगामी आवको नीति तथा कार्यक्रम तथा बजेट निर्माणको तयारी तीव्र रूपमा अघि बढाइएको बताए । “आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटिरहेका छौँ । सबैको भावना समेटिने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी छ”, उनले भने ।

प्रदेश सुशासन केन्द्रका प्रमुख कार्यकारी निर्देशक उजिरप्रसाद न्यौपानेको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश सरकारका मन्त्री, संसदीय समितिका सभापति तथा प्रदेशसभा सदस्यहरूको सहभागिता छ ।

प्रकाशित समय : १०:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु