गृहपृष्ठ टि-ट्वान्टी शृंखलाको दोस्रो खेलमा नेपाल ४ विकेटले विजयी
टि-ट्वान्टी शृंखलाको दोस्रो खेलमा नेपाल ४ विकेटले विजयी
नेपाल र यूएईबीचको टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपाललाई यूएईलाई पराजित गरेको छ । शुक्रबार भएको खेलमा यूएईलाई ४ विकेटले पराजित गर्दै टि-ट्वान्टी शृंखलामा नेपालले बराबरी गरेको हो । नेपालको जितमा दिपेन्द्रसिंह ऐरीको प्रदर्शनले सानदार रह्यो ।
पहिलो खेलमा यूएईले नेपाललाई २१ रनले पराजित गरेको थियो । नेपालले पाएको १०७ रनको लक्ष्य पछ्याएको नेपालका लागि दिपेन्द्रसिंह ऐरीले नटआउट सर्वाधिक ४७ रन बनाए । पवन सर्राफले १८ र करण केसीले २० रन जोडे ।
यसअघि, टस जितेर ब्याटिङ गरेको यूएईले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०७ रन बनाएको थियो । अविनास बोहराले तीन तथा सोमपाल कामी, करण केसी र सन्दीप लामिछानेले दुई/दुई विकेट लिएपछि यूएईले ठूलो स्कोर बनाउन सकेन ।
पहिलो ओभरको अन्तिम बलमै सोमपाल कामीले इस्फाक अहमद पेभेलियन फर्काएपछि यूएईको विकेट पतनको शृंखला सुरू भएको थियो । सोमपालले आफ्नो दोस्रो ओभर बलिङ गर्दै यूएईका गुलाम सब्बरलाई पनि घर फर्काइदिएका थिए ।
सन्दीप लामिछानेले घातक बलिङ गर्दै यूएईका मोहम्मद उस्मान र सैमान अनवरलाई छैटौं ओभरका अन्तिम दुई बलमा कप्तान पारस खड्काबाट क्याच आउट गराएपछि यूएईको इनिङ धर्मराएको थियो । अविनास बोहराले सिपी रिजवान, अमिर हायात र मोहम्मद नाविदलाई आउट गरेका थिए । यूएईका लागि सिपी रिजवानले सर्वाधिक ४४ रन जोडेका थिए ।
प्रकाशित समय : २३:४८ बजे


















