काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बम विस्फोटका घाइतेको उपचार सरकारले गर्छ : गृहमन्त्री

10.46K
shares

गृहमन्त्री रामबहादुर थापाले बम विस्फोटबाट घाइते भएकाको उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिने बताएका छन् ।

बम विस्फोटबाट घाइते भएका व्यक्तिको उपचार भइरहेको भैँसेपाटीस्थित मेडिसिटी अस्पताल पुगेर गृहमन्त्री थापाले घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकसँग आग्रह गरे ।

सो अवसरमा गृहमन्त्री थापाले विस्फोटको घटना निकै दुःखद् भएको उल्लेख गर्दै घटनामा संलग्न दोषीलाई नियन्त्रणमा लिई कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘विस्फोटका घटना देशव्यापी रुपमा घटाइएको छ, दोषीलाई कानुनको कठघरामा ल्याउँछौं, आपराधिक घटना नियन्त्रणमा सरकारले कठोर कदम उठाउँछ ।’

विस्फोटमा परी मृत्यु भएका व्यक्तिप्रति समवेदना प्रकट गर्दै उनले मृतकका परिवारलाई सरकारका तर्फबाट उचित क्षतिपूर्ति उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे ।

ललितपुरको नख्खुस्थित एनसेलको टावर अगाडि अज्ञात समूहले शुक्रबार साँझ बम विस्फोट गराउँदा तीन घाइते भएका थिए । विस्फोटमा परी प्रतीक्षा खड्का, आयुषा मानन्धर र सिंहप्रसाद गुरुङ घाइते भएका थिए । घाइतेमध्ये गुरुङको उपचारका क्रममा गए राति निधन भएको थियो ।

विस्फोटका घाइते भेट्न प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसमेत अस्पताल पुगेका थिए । सो अवसरमा घाइतेका आफन्तले दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न सरकारसँग आग्रह गरेका थिए ।