काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

वामपन्थी नेता कृष्णदास रहेनन्

15.46K
shares

वामपन्थी नेता कृष्णदास श्रेष्ठको निधन भएको छ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी­) का सल्लाहकार श्रेष्ठकत्र ८७ वर्षको उमेरमा निधन भएको हो ।

पछिल्लो समय विरामी भई नर्भिक अस्पताल भर्ना भएका श्रेष्ठलाई १३ दिन नर्भिकमै राखेर उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नभएपछि एक हप्ता पहिले घर लगिएको थियो ।

सानै उमेरमा कम्युनिस्ट आन्दोलनमा लागेका श्रेष्ठले मार्क्सवाद सम्बन्धी धेरै पुस्तक लेखेका छन् । माओवादी शान्ति प्रक्रियामा आएपिछ माओवादीसँग जोडिएका श्रेष्ठ पछिल्लो समय भने मोहन वैद्यले नेतृत्व गरेको क्रान्तिकारी माओवादीका सल्लाहकार थिए ।