गृहपृष्ठ हावाहुरी पीडितलाई कर्णाली सरकारको १ करोड सहयोग
हावाहुरी पीडितलाई कर्णाली सरकारको १ करोड सहयोग
कर्णाली सरकारले बारा र पर्साका हावाहुरी पीडितलाई १ करोड गर्ने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद बैठकले हावाहुरी प्रभावितका लागि राहतस्वरुप १ करोड सहयोग गर्ने निर्णय गरेको हो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशको तर्फबाट राहतस्वरुप १ करोड दिने निर्णय गरिएको जानकारी दिए । यसअघि, कर्णाली प्रदेशका कांग्रेसका सांसदहरुले आफ्नो चार दिनबराबरको तलब राहतस्वरुप मुख्यमन्त्री राहत कोषमा जम्मा गरेका थिए ।
मन्त्रिपरिषद बैठकले प्रदेश अस्पताललाई शिक्षण अभ्याससहितको ३ सय शय्या अस्पतालमा स्तरोन्नति गर्ने निर्णयसमेत गरेको छ । कर्णालीका नागरिकलाई नेपालगन्ज र काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य गर्न कर्णालीमै सुविधासम्पन्न अस्पताल निर्माणमा सरकार जुटेको मन्त्री भण्डारीले जानकारी दिए ।
प्रकाशित समय : ०३:४५ बजे



















