global ime bank Long Banner Ad

गृहपृष्ठ रूपन्देहीमा बैंक तथा वित्तीय संस्थाको सख्या ५ सय ३६ पुग्यो

रूपन्देहीमा बैंक तथा वित्तीय संस्थाको सख्या ५ सय ३६ पुग्यो

रूपन्देहीमा बैंक तथा वित्तीय संस्थाको सख्या ५ सय ३६ पुग्यो

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार रूपन्देहीमा नेपाल राष्ट्र बैंकबाट सूचीकृत क वर्गको बाणिज्य बैंक १ सय ४२, ख वर्गको विकास बैंक १ सय १२, ग वर्गको फाइनान्स कम्पनी १४ वटा र घ वर्गका लघुबित्त वित्तीय संस्था २ सय ६८ वटा गरी ५ सय ३६ बैंक तथा बित्तीय संस्था छन् ।
बैंक तथा वित्तीय संस्थाको संख्यासँगै ती संस्थामा सर्वसाधारणको पहुच पनि बृद्धि भएको छ ।

रुपन्देहीका बैंक तथा वित्तीय संस्थामा १३ लाख ९७ हजार १४ वटा निक्षेप खाता छन् । ती खातामा १ खर्ब १७ अर्ब ८२ करोड रुपैयाँ बचत निक्षेप संकल भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलनमा आएको बृद्धिसँगै बैंकहरूले पनि कर्जा लगानी बढाएका छन् । गत पुस मसान्तसम्म मात्रै रूपन्देहीमा रहेका बैंक तथा बित्तीय संस्थाले १ खर्ब ४७ अर्ब ८० करोड लगानी गरेका ।

फागुन मसान्तसम्म रूपन्देहीका बैंकको मात्रै लगानी १ खर्ब ५० अर्ब बढी भएको अनुमान छ ।
गतवर्षको तुलनामा चालू वर्षको साउनदेखि पुससम्मको ६ महिनामा मात्रै बैंकहरूको लगानी २८ दशमलब ५ प्रतिशतले बढेको छ । उद्योग, कृषि र पर्यटन क्षेत्रमा मात्रै ७८ अर्ब ३ करोड लगानी भएको बैकका निर्देशक अशोक पौडेलले बताए ।

रूपन्देहीमा गत वर्षको तुलनामा चालू वर्षको ६ महिनामा ३२ दशमलव २३ प्रतिशतले बृद्धि भई उद्योग व्यवसायमा पुस मसान्तसम्म ५७ अर्ब १७ करोड लगानी भएको छ । त्यसैगरी कृषि क्षेत्रमा ४२ दशमलव ७३ प्रतिशत लगानी वृद्धि भई पुस मसान्तसम्म १४ अर्ब २७ करोड रुपैयाँपुगेको छ ।

पर्यटन क्षेत्रमा ४७ प्रतिशतले लगानी बृद्धि भई गत पुससम्म ६ अर्ब ५९ करोड रुपैयाँ लगानी भएको छ । रूपन्देहीमा बैंक तथा वित्तीय संस्थामार्फत् विभिन्न क्षेत्रमा लगानीका लागि ऋण लिने ऋणीहरूको संख्या पुस मसान्तसम्म ८१ हजार १ सय ३८ नाघेको छ ।

प्रकाशित समय : १२:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु