गृहपृष्ठ अधिकांश ठाउँमा मौसम बदली, दिनभरको मौसम कस्तो छ ?
अधिकांश ठाउँमा मौसम बदली, दिनभरको मौसम कस्तो छ ?
काठमाडौं उपत्यकासहित देशको अधिकांश ठाउँमा मौसम बदली भएको छ । अहिले पनि धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी परिरहेको छ ।
न्यूनचापीय रेखा, अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा, पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले धेरै ठाउँमा मेघगर्जन र हावाहुरी चलेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो भने काठमाण्डौसहित मध्य र पश्चिमको ठाउँमा घाम लाग्ने महाशाखाको अनुमान छ । पूर्वमा भने मौसम खुल्ने संभावना कम रहेको छ । शनिबार बिहानदेखि नै देशभरको मौसम बदली भएको थियो ।
प्रकाशित समय : १२:४७ बजे


















