global ime bank Long Banner Ad

गृहपृष्ठ मुख्यमन्त्री राहत कोषमा ७४ लाख रुपैयाँ जम्मा

मुख्यमन्त्री राहत कोषमा ७४ लाख रुपैयाँ जम्मा

मुख्यमन्त्री राहत कोषमा ७४ लाख रुपैयाँ जम्मा

हावाहुरी पीडितका लागि सहयोग संकलन गर्न प्रदेश २ सरकारले सञ्चालनमा ल्याएको मुख्यमन्त्री राहत कोषमा करीब ७४ लाख रुपैयाँ जम्मा भएको छ । राहत तथा उद्धार व्यवस्थापन समितिले कोषमा करीब ७४ लाख रुपैयाँ जम्मा भएको जनाएको हो ।

गत आइतबार बारा र पर्सामा आएको विनाशकारी हावाहुरीपछि कोष खोलिएको हो । प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री समेत रहेको संयोजक ज्ञानेन्द्र कुमार यादवले चैत १७ गते खाता खुलेयता ७३ लाख ५४ हजार ३ सय ३० रुपैयाँ जम्मा भएको जानकारी दिए।

चैत १८ गते देखि चालु भएको राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १२२०५०३०००००० मा सो दिन १ लाख १० हजार ६ सय ६२ रुपैयाँ, १९ गते ४ लाख ५ हजार ६ सय ६८ रुपैयाँ र २० गते ८ लाख १९ हजार रुपैयाँ, २१ गते १४ लाख र २२ गते ४६ लाख १९ हजार रुपैयाँ जम्मा भएको छ।

प्रदेश २ सरकारले बारा–पर्सामा विनासकारी हावाहुरीमा परि मृत्यु भएका परिवारलाई ३ लाख रुपैयाँको दरले क्षतिपूर्ति दिने घोषणा गरेको छ ।

प्रकाशित समय : १२:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु