global ime bank Long Banner Ad

गृहपृष्ठ ९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले ९ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना प्रकाशित गर्दै कालोसूचीमा राखिएको निर्माण कम्पनीको नाम सार्वजनीक गरेको हो ।

प्रतिष्ठा एक्सपोर्ट इम्पोर्ट प्रालीलाई तीन वर्षसम्मको लागि कालोसूचीमा राखिएको छ । दुग्ध विकास संस्थानले सो व्यवसायीलाई कालोसूचीमा राख्न भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयलाई लेखी पठाएको थियो । यस्तै आरएस निर्माण सेवा हेटौडालाई पनि डिभिजन सडक कार्यालय चितवनले कालोसूचीमा राख्न भनेको थियो । उसलाई पनि ३ वर्ष कालोसूचीमा राखिएको छ ।

यता लवमी जनरल अर्डर सप्लायर्स हेटौडालाई पनि हेटौडा सिमेन्ट उद्योगले कालोसुचिमा राख्न कार्यालयलाई लेखी पठाएको थियो । सोही अनुरुप यस व्यवसायीलाइ तीन वर्ष कालोसूचीमा राखिएको छ ।

हिमाल मेडिसर्भलाई एक बर्ष, राना एण्ड पाख्रिन कन्स्ट्रक्सन जेभी हेटौडालाई तीन वर्ष, श्री कृष्ण मञ्जु कन्स्ट्रक्सनलाई तीन वर्ष, श्री कृष्ण चर्तुभुज निर्माण सेवा हेटौडालाई तीन वर्ष, ग्लोबल विजनेस सप्लायर्स सानो भर्याङलाई तीन वर्ष, के एनएस ट्रेडर्स एण्ड विल्डर्स प्रालिलाई तीन वर्ष कालोसूचीमा राखिएको छ । कालोसूचीमा राखिएको अवधिभर यी निर्माण व्यवसायीले कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

प्रकाशित समय : २२:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु