global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

लमजुङ । मोटरसाइकलको ठक्करबाट आज यहाँ एक वृद्धको मृत्यु भएको छ । बेँसीसहर नगरपालिका–१ उदिपुरबाट रामचोक बेँसीतर्फ गइरहेको मोटरसाइकलले सोही स्थानका ७४ वर्षीय महनिधि सेढाइँलाई ठक्कर दिँदा निजको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार मोटरसाइकल चालक २० वर्षीय विकेश तामाङ घाइते भएका छन् । निजको बेँसीसहरस्थित प्रदेश अस्पतालमा उपचार जारी छ ।

प्रकाशित समय : ११:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु