गृहपृष्ठ सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
काठमाडौँ । सशस्त्र प्रहरी बलको मनाङस्थित पर्वतीय उद्धार तालिम शिक्षालयबाट हालसम्म २५० जनाले उच्च भू–भाग खोज तथा उद्धारसम्बन्धी तालिम लिएका छन् ।
शिक्षालयबाट ७५ जनाले उच्च भू–भाग खोज तथा उद्धार आधारभूत तालिम, ५५ जनाले ‘एड्भान्स’ तालिम र १२० जनाले ‘रोप रेस्क्यु’ तालिम लिएका सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले राससलाई जानकारी दिए ।
मनाङको मनाङ ङिस्याङ गाउँपालिका–४ हुम्डेस्थित तीन हजार ४२० मिटर उचाइमा सो शिक्षालय अवस्थित छ । विसंं।२०७७ मा चामेमा स्थापना भएको उक्त शिक्षालय २०७८ वैशाखदेखि ङिस्याङ गाउँपालिकाको स्थानान्तरण भएकोे हो ।
शिक्षालयमा सञ्चालित सिसं २ उच्च भू–भाग खोज तथा उद्धार तालिम गृहसचिव राजकुमार श्रेष्ठको उपस्थितिमा वैशाख ३१ गते सम्पन्न भएको थियो । शिक्षालयमा बिहीबार आयोजित कार्यक्रममा उनले तालिममा सहभागीलाई प्रमाणपत्र प्रदान गरेका थिय ।
शिक्षालयबाट तालिम प्राप्त सशस्त्र प्रहरीले मनाङ, मुस्ताङलगायत हिमाली जिल्लामा गत कात्तिकमा हिमपहिरोमालगायत विषम अवस्थामा रहेका एक हजार ५०० जनाको सकुशल उद्धार गरेको थियो ।
यसैबीच, शिक्षालयका चार जना प्रशिक्षक तथा १८ प्रशिक्षार्थीले गत वैशाख २९ गते छ हजार ३८ मिटर अग्लो ‘चुलु फार इस्ट’ हिमालको सफल आरोहण गरेका थिए ।
प्रकाशित समय : १३:३७ बजे



















