global ime bank Long Banner Ad

गृहपृष्ठ नेप्से १२ सयनजिक, ९० करोडको कारोबार

नेप्से १२ सयनजिक, ९० करोडको कारोबार

नेप्से १२ सयनजिक, ९० करोडको कारोबार

सेयर बजार परिसूचक नेप्से लगातारजसो उकालो लाग्न थालेको छ । गत साताभरमा २० अंकले बढेको बजार यो सातो दुई दिनमै २६ अंकले बढेको छ । आइतबार १७ अंकले बढेको बजार सोमबार ९.२३ अंकले उकालो लागेको हो ।

सेयर बजारसँगै कारोबार रकम पनि झन्डै दोब्बर बढेको छ । सोमबार १७० कम्पनीको २९ लाख ५१ हजार ४७८ कित्ता सेयर ९० करोड ६९ लाख रूपैयाँबराबरमा किनबेच भएको छ । यो रकम आइतबारको तुलनामा करिब ३६ करोड धेरै हो । आइतबार ५४ करोडको सेयर कारोबार भएको थियो ।

प्रकाशित समय : ००:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु