global ime bank Long Banner Ad

गृहपृष्ठ रात्रिकालीन व्यवसायको अनुगमन गर्न

रात्रिकालीन व्यवसायको अनुगमन गर्न

गण्डकी होटल सङ्घ पोखरा नेपाललगायत पोखराका पर्यटनसम्बद्ध सङ्घसंस्थाले रात्रिकालीन व्यवसायको प्रभावकारी अनुगमन गर्न माग गरेका छन् ।

होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी नेतृत्वको टोलीले आज कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ध्यानाकर्षणपत्र बुझाउँदै रात्रिकालीन व्यवसायका नाममा हुने गरेका विकृतिहरू नियन्त्रणका लागि अनुगमन गर्न माग गरेको हो ।

यसअघि गरिएको रात्रिकालीन व्यवसायसँग सम्बन्धित ४२ बुँदे आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि अनुगमनलाई तीव्रता दिन आग्रह गरिएको छ । पोखरालाई २०८० चैत ४ गते पर्यटकीय राजधानी घोषणा गर्ने निर्णयको अवसर पारेर जिल्ला प्रशासन कार्यालय कास्कीको अगुवाइमा ४२ बुँदे आचारसंहिता बनाएर त्यसको पालना गर्दै २४सैं घण्टा व्यवसाय सञ्चालन गर्न दिने सहमति भएको थियो ।

उक्त आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा होहल्ला, ध्वनि प्रदूषण र विकृति बढ्दा शान्ति सुरक्षामा नै असर परेकाले ध्यानाकर्षणपत्रमा भनिएको छ । राति २ः०० बजेपछि रात्रिकालीन व्यवसायलाई सञ्चालनमा रोक लगाउनसमेत अनुरोध गरिएको छ ।

प्रकाशित समय : १७:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु