गृहपृष्ठ आईपिएल : पञ्जावले हैदरावादलाई ६ विकेटले हरायो
आईपिएल : पञ्जावले हैदरावादलाई ६ विकेटले हरायो
इण्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा किंग्स ११ पञ्जावले सनराइजर्स हैदरावादलाई हराएको छ । सोमबार राति भएको खेलमा पञ्जावले हैदरावादलाई ६ विकेटले हराएको हो ।
पहिले ब्याटिङ गरेको हैदरावादले ४ विकेटको क्षतिमा १ सय ५० रन जोड्यो। १ सय ५१ रनको लक्ष्य पञ्जावले १ बल बाँकी छदा ४ विकेटकै नोक्सानीमा पूरा गर्यो ।
लिगको अंक तालिकामा ६ खेलबाट ८ अंक जोडेको पञ्जाव तेस्रो स्थामा उक्लिएको छ । हैदरावाद ६ खेलबाट ६ अंक जोड्दै चौथो स्थानमा छ ।
प्रकाशित समय : १३:५० बजे



















