गृहपृष्ठ तिब्बती धर्मगुरु दलाइ लामा अस्वस्थ, अस्पताल भर्ना
तिब्बती धर्मगुरु दलाइ लामा अस्वस्थ, अस्पताल भर्ना
तिब्बती धर्मगुरु दलाइ लामा अस्पतालमा भर्ना भएका छन् । छातीमा संक्रमण भएपछि लामा भारतको राजधानी दिल्लीस्थित एक अस्पतालमा भर्ना भएका हुन् ।
उनको अवस्था अहिले स्थीर रहेको बताइएको छ । अझै थप दुई तीन दिन उनी अस्पतालमै रहने छन् । ८३ वर्षीय लामा विगत ६० वर्षदेखि भारत निर्वासनमा रहँदै आएका छन् ।
प्रकाशित समय : १६:५१ बजे



















