गृहपृष्ठ नेकपा अध्यक्ष ‘प्रचण्ड’ चितवनमा, स्थानीयसँग अन्तर्क्रिया गर्ने
नेकपा अध्यक्ष ‘प्रचण्ड’ चितवनमा, स्थानीयसँग अन्तर्क्रिया गर्ने
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन प्रचण्ड चितवन पुगेका हुन् । अध्यक्ष प्रचण्ड माडी क्याम्पसको क्याम्पस सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रचण्ड निर्वाचित भएपछि पहिलो पटक माडी पुगेका हुन् । निर्वाचनको समयमा गरेका प्रतिबद्धताका विषयमा पनि उनले स्थानीयबासीसँग पनि अन्तक्रिया गर्ने कार्यक्रममा रहेको छ ।
प्रचण्डसँगै शिक्षामन्त्री गिरीराजमणी पोखरेल तथा भौतिक योजनामन्त्री रघुबीर महासेठ पनि माडी पुगेका छन् ।
प्रकाशित समय : १६:३८ बजे



















