गृहपृष्ठ सावधान! सडक जाम परिएला
सावधान! सडक जाम परिएला
आज ४ बसेदेखि सुरू हुने संसदका संयुक्त अधिवेशनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी संसद भवन बानेश्वर जाने कार्यक्रम भएकाले राजधानीमा अब बाहिर निस्कँदा ध्यान दिनु होला ।
ट्राफिक प्रहरीका अनुसार साढे ३बजेदेखि महाराजगंज–लाजिम्पाट–लैनचौर–केशरमहल–दरबारमार्ग–जमल–न्यूरोड–भद्रकाली–सिंहदरबार–माईतिघर–नयाँबानेश्वर सम्मका सडकहरू प्रभावित हुने छन् ।
महाशाखाले उक्त रूट प्रयोग गर्ने सवारी चालकलाई महाराजगञ्ज, बालुवाटार-नक्साल-जयनेपाल-कमलपोखरी-पुतली सडक-अनामनगर-थापागाउँ वा चक्रपथको बाटो प्रयोग गर्न आग्रह गरेको छ।
प्रकाशित समय : २०:५७ बजे



















