गृहपृष्ठ नीति तथा कार्यक्रम : दोहोरो अंकको आर्थिक वृद्धि
नीति तथा कार्यक्रम : दोहोरो अंकको आर्थिक वृद्धि
सरकारले आगामी वर्षदेखि लागू हुने गरि कार्यान्वयनमा ल्याइने नीति तथा कार्यक्रमअन्तर्गत आगामी चार वर्षभित्र दोहरो अंकका आर्थिक वृद्धि हासिल गर्ने बताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शुक्रबार दुवै संसदका संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रममा फराकिलो आधारसहितको उच्च आर्थिक वृद्धिदर हासिल गर्न स्रोत र साधनको दक्षतापूर्वक प्रयोग गरिने उल्लेख छ ।
सन् २०३० अगावै दिगो विकासका लक्ष्यहरू हासिल गरि मध्यस्तरीय आय भएको मुलुक बन्ने, विसं २१०० सम्ममा उच्च मध्यमस्तरीय आय भएको सभ्य, सुसंस्कृत र विकसित मुलुक बनाउने महत्वाकांक्षी लक्ष्य सरकारले राखेको छ ।
प्रकाशित समय : २२:२५ बजे


















