गृहपृष्ठ बुटवलमा ट्रिपरको ठक्करबाट एकको मृत्यु, सडक अवरुद्ध
बुटवलमा ट्रिपरको ठक्करबाट एकको मृत्यु, सडक अवरुद्ध
बुटवलमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१२ तामनगर बस्ने बर्ष १९ की पुष्पा भण्डारीको ट्रिपरको ठक्करबाट मृत्यु भएको हो ।
बुटवलको सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा कक्षा १२ मा अध्ययनरत पुष्पा परीक्षा दिएर बुबासँग स्कुटीमा फर्कदै गर्दा ट्रिपरले ठक्कर दिएको थियो । ठक्कर दिएको आशंकामा लु २ ख १९०३ र लु १ ख ६२३३ नम्बरको ट्रिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा मृतक पुष्पाका बुबा घनश्याम भण्डारी पनि घाइते भएका छन् । पुष्पाको मृत्युपछि सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा विद्यार्थीले सडक अवरुद्ध गरेका छन् ।
प्रकाशित समय : १९:५७ बजे



















