global ime bank Long Banner Ad

गृहपृष्ठ प्रदेश २ : प्रदेशको नाम र राजधानीबारे सुझाव समितिले बुझायो प्रतिवेदन

प्रदेश २ : प्रदेशको नाम र राजधानीबारे सुझाव समितिले बुझायो प्रतिवेदन

प्रदेश २ : प्रदेशको नाम र राजधानीबारे सुझाव समितिले बुझायो प्रतिवेदन

प्रदेश २ को स्थायी राजधानी र नामको विषयमा सुझाव दिन गठित सझाव समितिले प्रदेश सरकारलाई प्रतिवेदन बुझाएको छ । समितिका संयोजक डा.यदुवंश झाल मुख्यमन्त्री लालबाबु राउतलाई बिहीबार प्रतिवेदन बुझाएका हुन् । समितिले ६ महिना लगाएर प्रतिवेदन तयार पारेको हो ।

प्रतिवदेनमा के छ ?
प्रदेश सरकारलाई बुझाइएको प्रतिवेदनमा प्रदेश २ का सरोकारवालाले दिएको सुझावलाई समेटिएको छ । प्रदेशको स्थायी नाम र राजधानीका विषयमा विभिन्न सुझाव आएको छ । नामको सवालमा मधेश प्रदेश, मध्यमधेश प्रदेश, मध्यमधेश मिथिला भोजपुरा प्रदेश, मिथिला प्रदेश, भोजपुरा प्रदेश, जानकी प्रदेश, विराट प्रदेश, जानकी प्रदेश, सिम्रोनगढ प्रदेशलगायतको नाम सुझाव संकलनमा क्रममा आएको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रदेशको राजधानीको विषयमा जनकपुरधाम, विरगन्ज, गौर, राजविराज, बर्दिबास, ढल्केवरलगायतको नाम सुझाव संकलनका क्रममा आएको छ ।

चालु अधिवेशनमै प्रदेशको नाम र राजधानी : मुख्यमन्त्री
प्रतिवेदन बुझ्लै प्रदेश २ का मुख्यमन्त्री लालवावु राउतले समितिको प्रतिवेदन आएकाले अबको केही दिनमै नामाकरण र राजधानीबारे टुंगो लाग्ने दाबी गरे । प्रतिवेदनमाथि अध्ययन गरेर चालु अधिवेशनमै नामाकरण र राजधानीबारे प्रस्ताव संसदमा दर्ता गराउने बताए ।

प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी र नामको सुझाव संकलन गर्न झाको नेतृत्वमा तीन सदस्यीय सुझाव समिति बनाइएको थियो । कार्तिक ११ गते बनाइएको समितिलाई डेढ महिनाभित्र प्रदेशभरिका जनताको भावना बुझेर प्रतिवेदन पेश गर्न समय दिइएको थियो । डेढ महिनामा आयोगले काम गर्न नसकिने भएको भन्दै पछि २ महिना समय थप गरिएको थियो । समितिले प्रदेशका ८ जिल्लाका सरोकारवालासँग छलफल गरेको थियो ।

प्रकाशित समय : १९:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु