गृहपृष्ठ बर्ड फ्लुबाट डराउनु पर्दैन, सचेत रहनुस् : सरकार
बर्ड फ्लुबाट डराउनु पर्दैन, सचेत रहनुस् : सरकार
सरकारले बर्ड फ्लुबाट डराइहाल्नु पर्ने अवस्था नरहेको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर बर्ड फ्लूबाट एक जनाको मृत्यु भएपनि डराउनु पर्ने अवस्था नरहेको जनाएको हाे ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा विवेकलाल कर्णले सावधानी अपनाउनु पर्ने बताए । नियमित सावुन पानीले हात धुने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, आफ्नो वरिपरिको वातावरण सफा राख्ने, कुखुरा तथा पंक्षीबाट टाढा रहने र कुखुराको मासु राम्ररी पकाएर खान सबैलाई उनले आग्रह गरे ।
बर्ड फ्लूबाट काभ्रेका २१ वर्षीय युवाको मृत्यु भएपछि सरकारले सावधानी अपनाउन आग्रह गरेको हो ।
यो पनि पढ्नुस
प्रकाशित समय : १९:०२ बजे



















