गृहपृष्ठ चक्रवात ‘फानी’ : पूर्वी र मध्य क्षेत्रमा हावाहुरीसहित पानी पर्ने
चक्रवात ‘फानी’ : पूर्वी र मध्य क्षेत्रमा हावाहुरीसहित पानी पर्ने
चक्रवात ‘फानी’ हाल बंगालको खाडीको मध्य पश्चिमी भागमा अवस्थित रहेको र बिस्तारै उत्तरपूर्वी दिशातर्फ बढिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार चक्रवात ‘फानी’ हाल बंगालको खाडीको मध्य पश्चिमी भागमा अवस्थित रहेको र बिस्तारै उत्तरपूर्वी दिशातर्फ बढिरहेको छ । शुक्रबारबाट यो प्रणाली भारतको ओडि़साको तटीय क्षेत्रमा भित्रिने सम्भावना रहेको र यो प्रणाली कमजोर बन्दै जाने छ ।
महाशाखाले बिहीबार विहान जारी गरेको सूचनामा भनिएको छ ‘उक्त चक्रवात नेपालतर्फ आउने सम्भावना अहिलेसम्म नदेखिएता पनि यसको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा भोलि (शुक्रबार) र पर्सि (शनिबार) मौसम केही प्रभावित भइ पूर्वी र मध्यका स्थानहरुमा मेघ गर्जनरचट्टयाङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ भने हिमाली भूभागमा पनि मध्यम देखि भारी हिमपातको सम्भावना रहेको देखिन्छ ।’
देशको पश्चिमी क्षेत्रमा भोलि (शुक्रबार) पश्चिमी वायुको प्रभाव रहने हुँदा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको महाशाखाले जनाएको छ । आइतबारदेखि देशभर मौसममा क्रमिक रुपमा सुधार आउने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित समय : १८:३४ बजे



















