global ime bank Long Banner Ad

गृहपृष्ठ सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन तोलामा एक हजार २०० र चाँदी १० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल दुई लाख ९७ हजार ३०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी चार हजार ९८०  कायम भएको छ ।

हिजो मङ्गलबार एक तोला सुनको मोल दुई लाख ९८ हजार ५०० र चाँदी चार हजार ९९० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ३४९ र त्यति नै परिमाणको सेतो धातुको ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित समय : ११:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु