global ime bank Long Banner Ad

गृहपृष्ठ लिबिया हवाई हमलामा एक नेपालीको मृत्यु

लिबिया हवाई हमलामा एक नेपालीको मृत्यु

लिबिया हवाई हमलामा एक नेपालीको मृत्यु

लिबियाको आप्रवासी थुनुवा केन्द्रमा भएको हवाई आक्रमणमा एक जना नेपाली युवकको मृत्यु भएको छ ।

मंगलबार राति भएको सो हमलामा २७ वर्षीय नेपाली युवक सन्तोष श्रेष्ठको मृत्यु भएको इजिप्टको कायरोमा रहेको नेपाली दूतावासले जनाएको छ । आक्रमणमा घाइते भएका श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन(आईओएम) लिबियाले जानकारी दिएको दूतावासले जनाएको छ । सो हवाई आक्रमणमा ४० जनाभन्दा बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मानव तस्करहरुले नेपालीलाई इटाली लैजाने लोभमा पार्दै लिबिया पुर्याउने गरेका छन् ।

प्रकाशित समय : १३:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु