global ime bank Long Banner Ad

गृहपृष्ठ प्रदेश प्रमुख पदमुक्त : कांग्रेसले जनायो असन्तुष्टिका ३ कारण

प्रदेश प्रमुख पदमुक्त : कांग्रेसले जनायो असन्तुष्टिका ३ कारण

प्रदेश प्रमुख पदमुक्त :  कांग्रेसले जनायो असन्तुष्टिका ३ कारण

सरकारले सात वटै प्रदेशका प्रमुखलाई पदमुक्त गरेकाेप्रति नेपाली कांग्रेसले तीव्र असन्तुष्टि जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको यस्तो निर्णयले द्वन्द्व बढाउने प्रतिक्रिया दिएका छन् ।

प्रतिपक्षीहरूसँग छलफल र सहकार्य गरेर अगाडि बढ्नुकाे साटाे यस प्रकारकाे पूर्वाग्रही कदमले द्वन्द्व बढाउने प्रवक्ता शर्माकाे भनाइ छ । उपनिर्वाचनकाे तयारी भइरहेकाे बेला प्रदेश प्रमुखहरू एकसाथ हटाइनु लाेकतान्त्रिक पद्दतिविरूद्ध हुने पनि उनले तर्क गरे ।

उनले असन्तुष्टिको तेस्राे कारणकाे रूपमा प्रदेश प्रमुख बर्खास्त गर्नु सरकारकाे प्राथमिकता नभएकाे उल्लेख गरेका छन् । शर्माले भनेका छन्, जनतासमक्ष गरेको बाचाबमोजिम सरकार गम्भीरतापूर्वक अगाडि बढ्नुपर्ने हाे, नकि यस्तो कदमतर्फ ।

यो पनि पढ्नुहाेस् :

सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त

प्रकाशित समय : ०१:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु