गृहपृष्ठ कम्पनीका कर्मचारीसँग प्रेम गरेको आरोपमा म्याकडोनाल्डका सिइओ बर्खास्त
कम्पनीका कर्मचारीसँग प्रेम गरेको आरोपमा म्याकडोनाल्डका सिइओ बर्खास्त
कम्पनीका कर्मचारीसँग प्रेम गरेको भन्दैआरोपमा फास्टफुड क्षेत्रमा स्थापित अमेरिकी कम्पनी म्याकडोनाल्डले प्रमुख कार्यकारी अधिकृत (सिइओ) बर्खास्त गरेको छ । कम्पनीकी एक कर्मचारीसँग प्रेम सम्बन्ध राखेपछि म्याकडोनाल्सले सिइओ स्टिभ इस्टरब्रुकलाई पदबाट हटाएको हो ।
स्टिभ र ती कर्मचारीबीच सहमतिको सम्बन्ध रहे पनि कम्पनीको नीतिविपरीत भन्दै म्याकडोनल्स उनलाई बर्खास्त गरेको हो । सहकर्मीलाई पठाएको एक इमेलमा स्टिभले ती कर्मचारीसँग सम्बन्ध रहेको स्वीकार गरेका छन् ।
उनले आफू बोर्डको निर्णयमा सहमत रहेको र कम्पनीको मूल्यलाई सम्मान गर्ने बताएका छन् । ५२ वर्षीयका स्टिभ एकल थिए । उनले सन् १९९३ मा म्यानेजरका रुपमा लन्डन कार्यालयबाट म्याकडोनल्समा काम थालेका थिए । त्यसपछि उनी बढुवा हुँदै कम्पनीको सिइओसम्म भएका हुन् । उनको ठाउँमा अब क्रिस केम्पजिन्स्की सिइओ हुनेछन् । (एजेन्सी)
प्रकाशित समय : १३:१५ बजे



















