गृहपृष्ठ इंग्लिस प्रिमियर लिगमा एभर्टन र टोटनह्याम बराबरी
इंग्लिस प्रिमियर लिगमा एभर्टन र टोटनह्याम बराबरी
इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्याम र एभर्टनले बराबरी खेलेका छन् । घरेलु मैदानमा एभर्टन टोटनह्यामलाई १–१ को बराबरीमा रोक्न सफल भएको हो ।
खेलको पहिलो हाफमा दुवैतर्फबाट गोल हुन सकेन । ६३औँ मिनेटमा डेल अलीको गोलबाट टोटनह्यामले अग्रता लियो । ७९औँ मिनेटमा खराब ट्याकलका लागि टोटनह्यामका सन हेङ–मिनले सिधै रातो कार्ड पाए । १० खेलाडीमा सीमित भउको टोटनह्यामविरुद्ध इन्जुरी समयको सातौँ मिनेटमा जेन्क तोसुनले बराबरी गोल फर्काए । बराबरीपछि ११औँ स्थानमा पुगेको टोटनह्यामको ११ खेलबाट १३ अंक भएको छ भने १७औँ स्थानको एभर्टनको ११ अंक छ ।
प्रकाशित समय : १३:२९ बजे



















