गृहपृष्ठ इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई हराउँदै लेस्टर तेस्रो स्थानमा
इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई हराउँदै लेस्टर तेस्रो स्थानमा
इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको अर्को खेलमा लेस्टर सिटी विजयी भएको छ । अवे मैदानमा भएको खेलमा लेस्टरले क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरेको हो ।
लेस्टरका लागि काग्लर सोयुन्चुले ५७औँ तथा जेमी भर्डीले ८८औँ मिनेटमा गोल गरे । जितपछि लेस्टर ११ खेलबाट २३ अंकसहित तेस्रो स्थानमा पुगेको छ भने समान २३ अंक भए पनि गोल अन्तरका आधारमा चेल्सी पछि परेको छ । १५ अंकसहित क्रिस्टल प्यालेस भने नवौँ स्थानमा छ ।
प्रकाशित समय : १३:४० बजे



















