global ime bank Long Banner Ad

गृहपृष्ठ टि-२० क्रिकेटमा भारतविरूद्ध बंगलादेशको सानदार जित

टि-२० क्रिकेटमा भारतविरूद्ध बंगलादेशको सानदार जित

टि-२० क्रिकेटमा भारतविरूद्ध बंगलादेशको सानदार जित

भारतविरुद्धको टि-२० क्रिकेट शृंखलाको पहिलो खेलमा बंगलादेशले सानदार जित निकालेको छ । नया दिल्लीमा आइतबार भएको खेलमा बंगलादेशले भारतलाई ७ विकेटले पराजित गरेको हो ।

टि-२० क्रिकेटमा बंगलादेशले पहिलो पटक भारतलाई पराजित गरेको हो । बंगलादेशको जितमा मुसफिकर रहिमले उत्कृष्ट प्रदर्शन गरे ।

पहिले ब्याटिङ गरेको भारतले ६ विकेटको क्षतिमा १४८ रन बनाएको थियो । भारतका लागि शिखर धवनले ४१, श्रेयश आय्यरले २२ र ऋषव पन्तले २७ रन बनाए ।

बंगलादेशले १४९ रनको लक्ष्य तीन बल बाँकी हुँदा तीन विकेटको क्षतिमा पूरा गर्‍यो । बंगलादेशका विकेटकिपर ब्याट्सम्यान रहिमले ४३ बलमा ६० रन बनाए । सौम्य सरकारले ३९ तथा मोहम्मद नईमले २६ रन जोडे ।

प्रकाशित समय : १३:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु