global ime bank Long Banner Ad

गृहपृष्ठ नयाँ प्रदेश प्रमुख नियुक्ति आजै

नयाँ प्रदेश प्रमुख नियुक्ति आजै

नयाँ प्रदेश प्रमुख नियुक्ति आजै

सरकारले सातै प्रदेशमा सोमबार नै नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने भएको छ । आइतबार अनपेक्षित रूपमा सबै प्रदेश प्रमुखलाई पदमुक्त गरेको सरकारले आजै नयाँ प्रदेश प्रमुखहरू नियुक्त गर्ने तयारी गरेको हो ।

सोमबार बिहान ९ बजे बस्ने सचिवालयले ७ वटै प्रदेश प्रमुख टुंग्याउने र ११ बजे बस्ने मन्त्रिपरिषद् बैठकले प्रमुख नियुक्तिको निर्णय गर्ने जनाइएको छ ।

आइतबार मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्न सिफारिस गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम पदमुक्त गरेकी हुन् । पदमुक्तपछि सरकारले आइतबार नै मन्त्रिपरिषद् बैठक बसी नयाँ प्रदेश प्रमुख नियुक्तिको तयारी गरेको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठकमा सहभागी हुँदा मन्त्रिपरिषद् बैठक बस्न नभ्याएको बुझिएको छ ।

प्रकाशित समय : १४:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु