global ime bank Long Banner Ad

गृहपृष्ठ महराको थुनछेक बहस आज पनि

महराको थुनछेक बहस आज पनि

महराको थुनछेक बहस आज पनि

निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको करणी गरेको उद्योगसम्बन्धी कसुरमा थुनछेक बहस सोमबार पनि जारी रहने भएको छ । बिहीबार दर्ता भएको मुद्दामा शुक्रबारबाटै थुनछेक बहस सुरु हुने भनिए पनि समय अभावका कारण आइतबारबाट मात्रै थुनछेक बहस सुरु भएको थियो । आइतबार बहस नसकिएपछि सोमबार पनि हुने भएको हो ।

जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासमा महराको थुनछेक बहस चलिरहेको छ ।निर्वमान सभामुख महराका तर्फबाट बहस गर्ने ३२ जना अधिवक्ताले नाम लेखाएका थिए । तीमध्ये आइतबार वरिष्ठ अधिवक्ता लव मैनालीले बहस गरेका छन् । सरकारी पक्षबाट भने चार जनाले बहस गरेका थिए ।

मुलुकी अपराध संहिताको दफा २१९ (३) अनुसार १८ वर्षभन्दा बढी उमेरकी महिलासँगको करणीमा न्यूनतम सातदेखि अधिकतम १० वर्षसम्म कैदको व्यवस्था छ ।

प्रकाशित समय : १६:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु