global ime bank Long Banner Ad

गृहपृष्ठ काबुलमा भएको हिंसात्मक हमलाको राष्ट्रसंघद्वारा निन्दा

काबुलमा भएको हिंसात्मक हमलाको राष्ट्रसंघद्वारा निन्दा

काबुलमा भएको हिंसात्मक हमलाको राष्ट्रसंघद्वारा निन्दा

अफगानिस्तानमा कार्यरत संयुक्त राष्ट्रसंघीय मिसनमाथि भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । काबुलमा भएको बम हमलामा परी अफगानिस्तानमा कार्यरत राष्ट्रसंघीय मिसनका कर्मचारीको निधन भएको थियो ।

उक्त हमलाको निन्दा गर्दै संयुक्त राष्ट्रसंघले सोमबार प्रकाशन गरेको विज्ञप्तिमा ती आक्रमणकारीलाई कानुनबमोजिम कारबाही गर्न आग्रह गरेको छ । आइतबार साँझ एकजना व्यक्तिले राष्ट्रसंघका कर्मचारी यात्रा गरिरहेको सवारी साधनमा हमला गरेको थियो ।

सो हमलामा परी केही कर्मचारीको ज्यान गएको थियो भने अरु केही घाइते भएका थिए । उक्त हिंसात्मक हमलाको कुनै पनि समूहले जिम्मेवारी भने लिएको छैन ।

अफगानिस्तानमा शान्ति स्थापनाको कार्यमा कार्यरत राष्ट्रसंघीय मिसनका कर्मचारीहरुमाथि यहाँ समय समयमा यस्तै हिंसात्मक हमला हुने गर्दछ । जसका कारण यहाँ कार्यरत अमेरिकी तथा नेटो सैन्य र अन्य कर्मचारीहरुको पनि ज्यान जाने गरेको छ । (रासस)

प्रकाशित समय : १९:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु