global ime bank Long Banner Ad

गृहपृष्ठ पशुपति क्षेत्र सञ्चालक परिषदमा तीन सदस्य मनोनित

पशुपति क्षेत्र सञ्चालक परिषदमा तीन सदस्य मनोनित

पशुपति क्षेत्र सञ्चालक परिषदमा तीन सदस्य मनोनित

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्यमा तीन जना सदस्य मनोनित भएका छन् । कोष सञ्चालक परिषद् अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीको मन्त्रीस्तरीय निर्णयअनुसार संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोला, विश्वकरण जैन र आशा पाण्डे सदस्य पदमा मनोनीत भएका हुन् ।

बाँस्तोला गत साउन ६ गते संस्कृति मन्त्रालयको समेत कार्यभार प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हाल्नुभएका बेला सदस्य पदमा मनोनित भएका हुन् । यसैगरी जैन र पाण्डे योगेश भट्टराई मन्त्री भएपछि मङ्सिर ६ गते नियुक्त भएकाे पत्र प्राप्त भएको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले जानकारी दिए । पशुपति क्षेत्र विकास कोष ऐन २०४४ (संशोधनसहित) अनुसार नियुक्त तीनै जना सदस्यको पदावधि चार वर्षको हुनेछ ।

प्रकाशित समय : २२:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु