global ime bank Long Banner Ad

गृहपृष्ठ भारतीय संसदमा प्रदर्शन, बैठक अवरुद्ध

भारतीय संसदमा प्रदर्शन, बैठक अवरुद्ध

भारतीय संसदमा प्रदर्शन, बैठक अवरुद्ध

भारतीय राष्ट्रिय कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीको नेतृत्वमा सोमबार भारतको संसदमा प्रदर्शन गरिएको छ । महाराष्ट्रमा सरकार बनाउने विषयमा धोका भएको भन्दै कांग्रेसका नेता तथा सांसदहरुले प्रदर्शन गरेका हुन् ।

कांग्रेसका नेताहरुले ‘लोकतन्त्रको हत्या बन्द गर’ भनेर नारा लगाएका थिए । संसद बैठक सुरु हुनासाथ उनीहरुले नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको थियो ।

भारतको लोक सभा र राष्ट्रिय सभा दुवैमा कांग्रेस नेता तथा सांसदहरुले प्रदर्शन गरेका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । महाराष्ट्रमा हालै भएको निर्वाचनपछि कांग्रेस र शिव सेनाले सरकार बनाउने तयारी गरे पनि अर्को पक्षलाई साथमा लिएर भारतीय जनता पार्टीले नै सरकार बनाएपछि कांग्रेस रिसाएको हो । (रासस)

प्रकाशित समय : २२:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु