global ime bank Long Banner Ad

गृहपृष्ठ युनान प्रान्तका गभर्नर र मुख्यमन्त्री गुरुङबीच भेटवार्ता

युनान प्रान्तका गभर्नर र मुख्यमन्त्री गुरुङबीच भेटवार्ता

युनान प्रान्तका गभर्नर र मुख्यमन्त्री गुरुङबीच भेटवार्ता

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र चीनको युनान प्रान्तका गभर्नर रुआन छेङफाबीच भेटवार्ता भएको छ । सोमबार पोखरामा भएको भेटमा दुइपक्षीय हित र सहयोग आदानप्रदानको विषयमा छलफल भएको मुख्यमन्त्रीका स्वकीय सचिव सुर्यप्रसाद गुरुङले जानकारी दिए ।

मुख्यमन्त्री गुरुङ गभर्नर छेङफालाई प्रदेशको भौगोलिक, साँस्कृतिक र पर्यटकीय स्थानहरुबारे जानकारी गराएका थिए । उनले गण्डकी प्रदेश पर्यटन र जलविद्युतको सम्भावनायुक्त प्रदेश भएकाले यसका लागि युनान प्रान्तसँग सहकार्य गर्न इच्छुक रहेको बताएका थिए । गण्डकी प्रदेशले सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको बताउँदै मुुख्यमन्त्री गुरुङले युनान प्रान्तको तर्फबाट पनि प्रचारप्रसारमा सहयोग हुने विश्वास व्यक्त गरे ।

गर्भनर छेङफाले युनान प्रान्त पनि जलविद्युतको धनी प्रान्त भएकोले यसमा सहयोग र सहकार्यका लागि आफूहरु तयार रहेको बताए । युनान प्रान्तमा गत वर्ष करिब एक अर्ब पर्यटकले भ्रमण गरेको उल्लेख गर्दै उनले नेपाल र गण्डकी प्रदेशको प्रचारप्रसारमा सहयोग गर्ने बचन दिएका थिए । उनले पोखरा सहर युनानवासीका लागि मनपर्ने सहर भएको बताउँदै आफू पनि पोखरा आउन पाउँदा निकै खुसी लागेको बताएका थिए

मितेरी साइनो गाँस्न छलफल

गभर्नर छेङफाले दुई प्रदेशबीच मितेरी सम्बन्ध बनाएर अगाडि बढ्न आफूहरु इच्छुक रहेको प्रस्ताव राखेका थिए । मितेरी साइनो गाँसेर अगाडि बढ्दा धेरै विषयमा सहयोग आदानप्रदान गर्न र अनुभव साट्न सहज हुने उनको भनाइ थियो । यसका लागि दुवै प्रदेशका विदेश मामिला हेर्ने प्रतिनिधिबीच छलफल गराएर आधार बनाउन सकिने चिनियाँ पक्षले धारणा राखेका थिए । जवाफमा मुख्यमन्त्री गुरुङले सो विषयमा आफूहरु पनि सकारात्मक भएको बताएका थिए ।

प्रकाशित समय : २०:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु