global ime bank Long Banner Ad

गृहपृष्ठ सागमा सुरक्षा व्यवस्था चुस्त बनाउँछौ : कानुनमन्त्री चुमान

सागमा सुरक्षा व्यवस्था चुस्त बनाउँछौ : कानुनमन्त्री चुमान

सागमा सुरक्षा व्यवस्था चुस्त बनाउँछौ : कानुनमन्त्री चुमान

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले सागमा सुरक्षा व्यवस्था चुस्त बनाइने बताएका छन् । निर्माणाधीन पोखरा रंगशालाको निरीक्षण गर्दै मन्त्री चुमानले सागलक्षित सुरक्षा नीति बनाइएको जानकारी गराए ।

सागको बेला सुरक्षा व्यवस्थामा कुनै कमीकमजोरी हुन नदिने मन्त्री चुमानको भनाइ थियो । पोखरामा अन्तर्राष्ट्रिय प्रतियोगिता पहिलोपटक हुन लागेकाले यसको सफलतापुर्वक सम्पन्न गराउन सबै पोखरावासीको सहयोग आवश्यक हुने उनले बताए ।

रंगशालाको काम ढिलो सुुरु भए पनि तीव्र गतिमा अघि बढेको उनले बताए । ‘हामीले बेलामै काम सुरु गर्न सकेको भए केही पनि छुट्ने थिएन । तर आज कामको रफ्तार देखेर सबै पूर्वाधार १५ गतेअघि नै सम्पन्न हुने विश्वास छ,’ उनले भने । पोखराको मुख्य बजार क्षेत्रलाई समेत सरसजावट गर्न स्थानीयवासीसमक्ष मन्त्री चुमानले आग्रह गरे ।

भारोत्तोलनको प्रशिक्षण हल तयार

पोखरा रंगशालामा भारोत्तोलनको लागि साउना बाथ सहितको प्रशिक्षण हल तयार भएको छ । हलमा ६ वटा प्लेटफर्म रहेको जिल्ला भारोत्तोलन संघका अध्यक्ष राजन वडगामीले जानकारी दिए । पोखरामा हुने भारोत्तोलन खेल भने माटेपानीस्थित केसी क्याटरिङको हलमा हुनेछ । पोखरा रंगशालामा खेलाडीहरुको उपचारका लागि प्राथमिक उपचार कक्षसमेत स्थापना गरेको छ । पोखरामा सागका ८ वटा खेल सञ्चालन हुनेछ ।

प्रकाशित समय : ००:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु