गृहपृष्ठ निजी मेडिकल कलेजले शुल्क फिर्ता गर्ने सहमति
निजी मेडिकल कलेजले शुल्क फिर्ता गर्ने सहमति
काठमाडौं । सरकार र निजी मेडिकल कलेजबीच भएको २ बुँदे सहमतिमा मेडिकल कलेज सञ्चालकले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्ने भएका छन् ।
मंगलबार राति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र निजी मेडिकल कलेज सञ्चालकबीच भएको छलफलमा अतिरिक्त शुल्क फिर्ता गर्ने वा समायोेजन गर्ने सहमति भएको हो ।
बिभिन्न ५ बुँदामा सहमति गरेका मेडिकल कलेज सञ्चालकहरुले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क समायोजन गर्ने प्रकृया बुधबारदेखि नै थाल्नेछन् ।
सहमति पत्रमा शैक्षिक सत्र २०७४/७५ र २०७५/०७६ मा सरकारले गरेको निर्णयअनुसार नै शुल्क समायोजन हुने उल्लेख छ ।
यस्तै दोस्रो बुँदाको २०७२/०७३ र २०७३/०७४ को हकमा विश्वविद्यालयहरुको समन्वयमा अध्ययन, छफल र छानबिन गरी चिकित्सा शिक्षा आयोगबाट उपयुक्त निर्णय लिन आयोगसमक्ष आग्रह गर्ने उल्लेख छ ।
यस्तै चालु शैक्षिक सत्र २०७६/७७ को हकमा चिकित्सा शिक्षा आयोगबाट निर्धारण गरिएको शुल्क लिई विश्वविद्यालयको अनुमतिमा भर्ना प्रक्रिया सुचारु गर्ने सहमति भएको छ ।
प्रकाशित समय : १३:२० बजे



















