global ime bank Long Banner Ad

गृहपृष्ठ महादेवको मूर्ति निर्माणका लागि स्पेनबाट सहयोग

महादेवको मूर्ति निर्माणका लागि स्पेनबाट सहयोग

महादेवको मूर्ति निर्माणका लागि स्पेनबाट सहयोग

पोखरा २२ को पुम्दीकोटमा हाल निर्माणाधीन अवस्थामा रहेको विशाल महादेवको मूर्तिसहितको भौतिक संरचना निर्माणका लागि स्पेनबाट समेत आर्थिक सहयोग प्राप्त भएको छ ।

कास्की समाज स्पेनले एक समारोहका बीच मंगलबार पोखरामा विशाल महादेव मूर्ति निर्माण समितिलाई एक लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

समितिका अध्यक्ष चन्द्रकान्त बरालसहितको टोलीलाई गैर आवासीय नेपाली संघका सल्लाहकार पुष्पराज तिमिल्सिना, कास्की आदर्श अन्तर्राष्ट्रिय समन्वय परिषद कास्कीका अध्यक्ष शोभाखर भण्डारी, कार्यक्रम संयोजक गोविन्द तिमिल्सिनालगायतले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

एनआरएनका सल्लाहकार तिमिल्सिनाले ९० प्रतिशत नेपालीहरु विदेशमा काम सिक्न र सुध्रिने गरेको बताए । नेपालको भन्दा राम्रो जीवन बिताउने उद्देश्यले विदेशिएको भनिएका नेपाली विदेशमा रहेर पनि नेपाल र नेपालीका चिन्ता गरिरहेको बताए ।

समितिका अध्यक्ष बरालले ४० करोडको विशाल महादेवको मूर्ति सहितको भौतिक संरचना गर्ने अभियानमा स्पेनबाट सहयोग प्राप्त भएकोमा खुसी व्यक्त गर्दै कास्की समाज स्पेनलाई धन्यवाद दिएका छन् । करिब एक चौथाई काम सकिएको बताएका उनले अबको ३ वर्षमा धेरै योजना सम्पन्न गर्ने जनाए ।

परिषदका उपाध्यक्ष निरज थापाले कास्की समाज विश्वका १८ मुलुकसम्म संस्थागत ढंगले अघि बढेको जनाए । परिषदका सचिव अमृत आचार्यले आफूहरुले स्पेनमा हरेक वर्षजसो सामाजिक कार्य गर्दै आउने क्रममा आफूहरुले गरेको आम्दानीको केही रकम सामाजिक संघ संस्थामा सहयोग गर्दै आएको बताए ।

परिषदका सदस्य शिवकुमार लामिछानेले आफूहरु कर्मले बिदेसिनुपरे पनि आफूहरुको मन भने नेपालमै हुने बताए । पुम्दीकोटबाट माछापुच्छ्रे, अन्नपूर्ण सहितका हिमश्रृखला, विश्व शान्ति स्तुपाः, पोखरा, फेवाताल, सराङकोट, काहुँडाँडा, रानीबनलगायतको दृश्य देखिन्छ ।

प्रकाशित समय : १३:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु