काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

तीन महिनामा २० बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

1.22K
shares

ai logo सारांश

  • ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा तीन महिनाको अवधिमा ३३ लाख भन्दा बढी भेटी संकलन भएको छ ।
  • पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनहरुले स्वेच्छाले चढाएको भेटीका रुपमा नगद ३३ लाख भन्दा बढी संकलन भएको हो ।
  • सो अवधिमा २० हजार ५२२ जना भक्तजनहरु पाथीभरामा पुगेर पूजापाठ गरेका छन् ।

ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा तीन महिनाको अवधिमा ३३ लाख भन्दा बढी भेटी संकलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनहरुले स्वेच्छाले चढाएको भेटीका रुपमा नगद ३३ लाख भन्दा बढी संकलन भएको हो ।

चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा पाथीभराको दर्शन गरी चडाएको भेटी ३३ लाख २६ हजार ६५० रुपैयाँ संकलन भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए ।

सो अवधिमा २० हजार ५२२ जना भक्तजनहरु पाथीभरामा पुगेर पूजापाठ गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार आर्थिक वर्षका पहिलो महिना अर्थात साउनमा तीनलाख १८ हजार पाँचसय रुपैयाँ भेटी संकलन भएको थियो । सो महिनामा २ हजार ४६९ जना भक्तनहरुले पाथीभराको दर्शन गरेका थिए ।

६ हजार १२३ जना भक्तजनहरुले भदौ महिनामा दर्शन गर्दा २३ लाख ६७ हजार रुपैयाँ भेटी संकलन भएको थियो । त्यस्तै असोज महिनामा १६ लाख ४१ हजार १५० रुपैयाँ भेटी संकलन भएको छ । सो महिनामा ११ हजार ९३० जना भक्तजनहरुले पाथीभरामा पुगेर पूजापाठ गरेको थियो ।

तीन हजार सात सय ९४ मिटर उचाइमा रहेको पाथीभरा धाम पुग्न धरान–माझीटार हुँदै तमोर करिडोर वा झापाको बिर्तामोडबाट इलाम–पाँचथर हुँदै मेची राजमार्ग प्रयोग गर्न सकिन्छ ।

सुकेटारसम्म पक्की सडक रहेको छ भने काफ्लेपाटीसम्म कच्ची सडकले यात्रालाई चुनौतीपूर्ण बनाएको छ । त्यस्तै काठमाडौं—सुकेटार हावाईमार्ग समेत प्रयोग गर्न सकिने छ ।

क्षेत्र विकास समितिका अनुसार काफ्लेपाटीदेखि पाथीभरा पुग्न पाँच किलोमिटर पैदल यात्रा गर्नुपर्ने हुँदा श्रद्धालुहरूका लागि यात्रा विशेष बन्ने गरेको छ । पैदल मार्गलाई व्यवस्थित बनाउन विभिन्न स्थानमा पानी र हिउँबाट जोगिने फाइबर छाना राखिएका छन् ।