काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

चितवन प्रहरीद्वारा पहिलोपटक निःशुल्क बस सेवा सञ्चालन

798
shares

चितवन। बडादसैँअन्तर्गत टीकाको दिन आमसर्वसाधारण जनताको हितलाई ध्यानमा राखी चितवन प्रहरीले पहिलोपटक भरतपुर क्षेत्रमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले टीकाको दिन सहज रुपमा सार्वजनिक सवारीसाधन नपाइने भएकाले नेपाल पुलिस स्कुल, शान्तिपुरका दुई वटा बस प्रयोग गरी ८४० जना यात्रुलाई निःशुल्क बस सेवा दिएको जनाएको छ ।

दुई वटा बसमध्ये एउटा पुल्चोकदेखि केन्द्रीय बस टर्मिनल हुँदै आँपटारी र पुनःपुल्चोक पुगेर तथा अर्को पुल्चोकबाट सुरु भई आँपटारी केन्द्रीय बस टर्मिनल हुँदै पुनःपुलचोकसम्म पुगी निःशुल्क सेवा प्रदान गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार टीकाको दिन बिहान ११ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म निःशुल्क बस सेवा प्रदान गरी सर्वसाधारण जनतालाई राहत दिन प्रयास गरिएको हो ।

टीका लगाउने समयमा अन्य सवारीसाधन कम चल्ने भएकाले यात्रुको आवतजावतमा केही हदसम्म सहयोग पुगेको बताउँदै उनले भने, “पहिलोपटक यहाँ प्रहरीको निःशुल्क बस सेवा सञ्चालन हुँदा यात्रुमा खुसी छाएको छ । नागरिक तहबाट सकारात्मक प्रतिक्रिया आइरहेका छन् । आगामी वर्षमा केही बस थपगरी भरतपुर महानगरको अझ ठूलो क्षेत्रलाई समेटेर दसैैँको प्रमुख दिनमा निःशुल्क बस सेवा सञ्चालन गर्नुपर्ने आवश्यकता बोध भएको छ ।”