काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पाकिस्तानका उसामा मिरले चितवनबाट एनपिएल खेल्न

3.15K
shares

ai logo सारांश

  • पाकिस्तानका बलर उसामा मिरले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) चितवन राइनोजबाट खेल्ने भएका छन् ।
  • चितवनले सामाजिक सञ्जालमार्फत मिरलाई टोलीमा अनुबन्ध गरेको जनाएको हो ।
  • उनले पाकिस्तानका लागि एकदिवसीय र टी–२० अन्तरराष्ट्रिय दुवै प्रारूपमा खेलेका छन् ।

काठमाडौं । पाकिस्तानका बलर उसामा मिरले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) चितवन राइनोजबाट खेल्ने भएका छन् ।

चितवनले सामाजिक सञ्जालमार्फत मिरलाई टोलीमा अनुबन्ध गरेको जनाएको हो । उनको आगमनले टोली थप बलियो बनेको समेत चितवनले जनाएको छ । ३० वर्षीय मिर पाकिस्तानका अनुभवी स्पिनर हुन् ।

दायाँहाते लेग स्पिन बलिङ गर्ने उनले सन् २०२३ मा न्युजील्यान्डविरुद्ध एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटबाट पाकिस्तानको राष्ट्रिय टोलीमा पदार्पण गरेका थिए ।

उनले पाकिस्तानका लागि एकदिवसीय र टी–२० अन्तरराष्ट्रिय दुवै प्रारूपमा खेलेका छन् । मिरले १२ एकदिवसीय र पाँचवटा टी–२० आई खेलमा प्रतिस्पर्धा गरेका छन् ।

पाकिस्तान सुपर लिग (पिएसएल), बिग बास लिग (बिबिएल), बङ्लादेश प्रिमियर लिग (बिपिएल), क्यारेबियन प्रिमियर लिग (सिपिएल) लगायत प्रतिष्ठित व्यावसायिक लिगसमेत उनले खेलिसकेका छन । एनपिएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि काठमाडौंमा आयोजना हुनेछ ।